चर्को गर्मीबाट सर्बसधारणहरुलाई भयो राहत पानी परेपछि पर्सा,बाराका किसानहरु हर्षित

राम मण्डल
313 पाठक संख्या

लामो् समयको खडेरी र गर्मीपछि पानी परेपछि पर्सा बारासँगै मधेस प्रदेशका किसानहरु हर्षित भएका छन भने सर्व सधारणहरुलार्य पनि गर्मीबाट राहत भएको छ ।

मधेस प्रदेशको पर्सा बारासँगै अन्य जिल्लाहरुमा बिगत लामो समयदेखि चर्को घाम र गर्मीले जनजिवन प्रभावित हुदै आएको थियो । गर्मीका कारणले सर्ब सधारणसहित स्कुले बालबालिकाहरु मजदुरहरु पनि प्रभावित हुदै आएका थिए ।

तर बुधबार परेको पानीका कारण सर्ब सधारणहरुले चर्को गर्मीबाट राहत महसुस गरेका छन । मंगलवार पनि केही मात्रामा पानी परेको भएपनि बुधबार भने पर्सा,बारासहितका जिल्लाहरुमा लागातार तीन चार घण्टासम्म नै पानी परेपछि सर्ब साधारणहरु गर्मीबाट राहत पाएका छन ।

पानी परेपछि पर्सा बारासँगै मधेस प्रदेश भरिका किसानहरु भने बढी खुशी भएका छन ।यहाँका किसानहरुले धान रोपाईको लागि ब्याडमा राखेको बिउ पानीको कमिका कारणले सुक्न लागेको थियो । सुक्न लागेको धानको बिउँ जोगाउनको लागि पानीको आशमा बसेका किसानहरुको लागि बुधबार परेको पानी वरदान साबित भएको छ ।

पानीको सहज सुबिधा नभएको मधेसका जिल्लाहरुका किसान धान रोपाईको लागि छरेको बिउ जोगाउन आकाशे पानीकै पर्खाईमा बसेका थिए ।केही किसानहरुले महगोमा पैसा तिरेर मोटर अथवा दमकललले बिउँमा सिँचाई गरेको भएपनि यहाँका अधिकाँश किसानहरु भने आकाशे पानीको भरमा खेती गर्दै आएका छन । जसले गर्दा लामो समय खडेरी परेर पानी नपर्दा कृषि उपजहरु नोक्सान हुने गरेको छ ।

अहिले परेको पानीले गर्दा धानको बिउँ पनि जोगिएको तथा रोपाईको लागि खेतहरु पनि बिस्तारै तयार हुने किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष एवम् किसान सहरुम गदीले बताए । किसानहरु पानी नपरेपछि धान खेती नहुने भनि चिन्तित रहेको बेलामा मँगलबार र बुधबार परेको पानीले गर्दा हर्षित बनेको उनले बताए ।

पर्सा बारा र रौतहटमा रहेका किसानहरुको लागि यस जिल्लामा रहेको गण्डक नहरमा पनि भारतले समयमै पानी नछोडदा किसानहरु धानमा सिँचाई गर्नबाट बञ्चित हुदै आएका छन ।नेपालमा मनसुन भित्रिएर मधेस प्रदेशका जिल्लाहरुमा पनि पानी पर्न थालेपछि अब यहाँका किसानहरु धान रोपाईमा लाग्ने भएका छन ।

Leave a review