कलैया : बाराका टिपर लगायतका व्यवसायीहरुले स्थानीय तहले गैर कानुनी रुपमा कर उठाइरहेको भन्दै सो बन्द गर्न माग गरेका छन्।
उनीहरुले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई आइतबार ज्ञापनपत्र दिदै यस्तो माग गरेका हुन्।
विभिन्न पालिकाहरुले गैर कानुनी रुपमा राजमार्ग र सहायक राजमार्गमा विभिन्न शिर्षकको नाममा कर असुली गरिरहेकोले सो सम्बन्धमा उच्च अदालतमा मुद्दा परेको ज्ञापनपत्रमा लेखिएको छ।
उच्च अदालत वीरगञ्जले अन्तिम आदेश निरन्तरता दिइसकेको जनाइएको छ। सो आदेशको अवहेलना गरी जर्बजस्ति कर असूली गरिरहेको र अदालतको निर्णयको अवहेलना गरेको हुदा सो निर्णयको कार्यान्वयन गराई दिन हुन ज्ञापनपत्रमा माग गरिएको छ।
ज्ञापनपत्रको बोदार्थ प्रधानमन्त्रीको कार्यालय,गहृमन्त्रीको कार्यालय,श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशलाई पठाइएको छ।
ज्ञापनपत्रमा दुर्गाप्रसाद दाहाल,ओमशंकर प्रसाद साह,रामचन्द्र प्रसाद,जुमादिन अन्सारी,शुभनारायण,शंकर श्रेष्ठ,सुवासप्रसाद साह,मिनबहादुर न्यौपाने,शुक्रबहादुर घले,नेमाजु शेष,घनश्याम चौहान,उमाकान्त चौधरी,लक्ष्मण कँडेल लगायतको हस्ताक्षर रहेको छ।


