आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाड्ने कार्य नगर्ने : मुख्यमन्त्री सिंह

साझेदारी दैनिक
492 पाठक संख्या

कलैया : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले प्रदेशका ८ वटै जिल्लालाई समान रुपले बिकशित बनाउने नीति अवलम्बन गरिएको बताएका छन ।

बाराको कलैयामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले आवश्यकता र औचित्यको आधारमा बजेट खर्च गर्ने प्रदेश सरकारको नीति अनुसार प्रदेशका सवै जिल्लामा समान रुपले बजेट विनियोजन गरिएको बताएका छन ।

शुक्रबार कलैया उपमहानगरपालिकाले मुख्यमन्त्री सिंहलाई एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो ।

सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले स्थानीय निकायहरुलाई थप मजबुत बनाउन प्रदेश सरकार लागि परेको आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाड्ने कार्य नगरी जनताको आवश्यतालाई मध्यनजर गर्दै काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

सो अवसरमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारबाट प्रदान गरिने शसर्त अनुदानको बजेट स्थानीय तहकै सिफारिसमा खर्च हुनेगरी व्यवस्था गर्न लागिएको पनि जानकारी गराएका छन ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री सिंहलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।

यसैविच मुख्यमन्त्री सिंहले कलैयाकोे वडा नं.१ मा निर्माणाधिन टाउन हलको अनुगमन तथा कलैया–२४ स्थित कृषि मेलाको उदघाटन समेत गरेका थिए।

कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य,कर्मचारी,सिंहसंगै जनमत पार्टिका बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल लगायतको सहभागीता रहेको थियो ।

Leave a review

This will close in 0 seconds