प्रादेशिक अस्पताल कलैयामा संयुक्त टोलिको छड्के अनुगमन,डक्टर सहित १९ जना स्वास्थकर्मी तथा कर्मचारीहरू अनुपस्थित

साझेदारी दैनिक
417 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैयामा रहेको प्रादेशिक अस्पताल कलैयामा चिकित्सकहरुको लापरवाही मनोमानी गर्ने गरेको पाइएको छ । अस्पतालमा गरिएको छड्के अनुगमनबाट यस्तो लापरवाही हुने गरेका भेटिएको हो ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयुक्त टोलीले अस्पतालमा छड्के अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा ठुलो संख्यामा चिकित्सक सहित कर्मचारीहरुको ठुलो संख्यामा अनुपस्थित रहेको पाईयो । अस्पतालमाा छड्के अनुगमनमा गर्दा चिकित्सक सहित १९ जना स्वास्थकर्मी तथा कर्मचारीहरु अनुपस्थिति भएको भेटिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बाराका सहायकप्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन ।

अस्पतालमा चरम लापरवाहीका कारण अस्पताल लथालिङ्ग अवस्था पुगेको प्रजिअ अधिकारीले बताएका छन । अस्पतालमा सेवा,निःशुल्क औषधि र उपचार पाउदैन । बिरामीलाई अस्पताल बाहिर रेफर गर्दा सरकारी अस्पतालमाथि विश्वसनीयता घटदै गएको स्थानीयहरुले गुनासो गरेपछि अनुगमन गरिएको प्रजिअ अधिकारीले बताए ।

अनुगमन गर्दा अस्पतालमा रहेको क्यानटिनबाट विरामीहरुलाई स्वास्थ र सस्तो खाना र चिया नपाएको गुनासो पाईएको छ । जसलाई उक्त क्यानटिनलाई तुरुन्त हटाई नयाँ क्यानटिन राख्ने प्रक्रिया अगाडि बढाईएको प्रजिअ अधिकारीले बताए ।

अस्पतालको ओपडी सेवा अर्थोमा बस्ने डाक्टर चन्द्रभुषण यादवले सरकारी अस्पतालबाट निजि किल्निकमा बिरामीहरुलाई रेफर गरिने तथा समयमा अस्पतालमा नआउने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् ।

अस्पताल समयमा स्वास्थ्यकर्मीहरुले २ घण्टा डिउटी समेत नगर्ने पाईएको प्रजिअ अधिकारीले बताए । प्रादेशिक अस्पतालको फार्मेसीमा जिवनजल,रुघाखोकी,ज्वरोको जस्ता सामान्य औषधि समेत अस्पतालको फार्मेसीमा छैन उनले भने ।

अस्पतलमा उपचार गराउन पुगेका अधिकांश बिरामीले अस्पतालको फार्मेसीमा औषधि नहुँदा बाहिरबाट औषधि खरिद गर्नु परेको विरामीहरुका आफन्तजनले बताएका छन । फार्मेसीमा औषधि उपलब्ध नहुँदा चर्को मूल्यमा बाहिरको मेडिकलबाट किन्नुपर्ने बाध्यता भएको गुनुासो गरेको थिए ।

अस्पतालको फार्मेसीमा सामान्य किसिमका औषधिको पनि अभाव हुनु दुःख लाग्दो कुरा भएको अस्पताल पुगेका बिरामी नरेश साहले बताए ।

स्वास्थ्य बिमा गरेका ज्येष्ठ नागरिकहरूले पनि सास्ती खेप्नुपरेको छ। ज्येष्ठ नागरिकहरू बिमाबाट निःशुल्क उपचार गर्ने आशा बोकेर गएका हुन्छन् तर स्वास्थ्य चेकजाँच अस्पतालमा भए पनि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नभएपछि बाहिरबाट चर्को मूल्यमा अ‍ौषधि किनेर उपचार गर्नुपर्ने बिरामीहरूको दुखेसो छ।

अनुगमनको क्रममा प्रजिअ अधिकारीले चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पु¥याउन कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा नगर प्रमुख साह र प्रजिअ अधिकारीको संयुक्त टोलिले गरेको छड्के अनुगमनबाट १९ जना चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको हो ।

प्रादेशिक अस्पताल कलैयामा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि आइतबार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले छड्के अनुगमन गरेका थिए ।

Leave a review

This will close in 0 seconds