Sajhedari Daily
Latest News from Nepal

लायन्स क्लबद्धारा १४० बालबालिकाहरुलाई निशुुल्क खाजा वितरण

रञ्जन यादब/

बाराको जीतपुुरसिमरा लायन्स क्लबले विहिवार जीतपुरका करिव एक ४० जना बालबालिकाहरुलाई निशुल्क खाजा खुवाएको छ

लायन्स क्लबका जन्मदाता मेलभिन जोनको जन्मजन्तीको अवसरमा क्बले जीतपुुरमा बालबालिकाहरुलाई खाजी वितरण गरेको मनाएको छ । सो अवसरमा क्लबले जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरका १ सय ४० जना बालबालिकाहरुलाई निशुुल्क खाजा खुवाईएको छ ।

स्थानीय पत्रकार मनोज साहले निशुुल्क अनौपचारिक शिक्षा दिँदै आएका बिद्यार्थीहरुलाई खाजा बितरण गरिएको जीतपुुरसिमरा लायन्स क्लबका पुुर्ब अध्यक्ष संजय साहले जानकारी दिएका छन । बालबालिकाहरुलाई खुवाईएको खाजामा अण्डा, दुुध र पाउरोटी वितरण गरिएको थियो ।

खाजा खुवाउँने कार्यक्रममा जीतपुुरसिमरा लायन्स क्लबका अध्यक्ष डम्बर मणि लिम्बुु, पुुर्ब अध्यक्षहरु कृष्णब्रत सिंह, यज्ञ बहादुुर आले, लायन्स क्लबका शिवजी प्रसाद साह, नारायणी रायमाझी ,वडा सदस्य मोहरम मंसुुरी लगायतको सहभागीता रहेको थियो ।