शिक्षकका लागि क्षमता विकास तालिमको समापन

रञ्जन यादव
202 पाठक संख्या

जीतपुर : गणित बिषयमा बिद्यार्थीहरु बढी अनुतिर्ण भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले गणित पढाउँने शिक्षकहरुलाई दिईरहेको तालिमको समापन भएको छ ।

सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने ८३ जना शिक्षकका लागि क्षमता विकास तालिम दिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको मङ्गलबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

तालिममा कृष्ण गोसाईं,वीरेन्द्र वीर कर्माचार्य,मन्जु बस्यालले प्रशिक्षण दिनुभएको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सुरु भएको तालिम पाँच दिन सम्म चलेको थियो । सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म गणित पढाउने शिक्षकहरुको तालिममा सहभागीता रहेको थियो ।

तालिमको उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले बुधबार एक कार्यक्रमवीच समापन गरेका हुन । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत हरिश भट्टले गरेका थिए ।

Leave a review

This will close in 0 seconds