Sajhedari Daily
Latest News from Nepal

पर्सामा लगाइएको निषेधाज्ञाको पहिलो दिन कडाई गर्दै

राम मण्डल
बिहीबारदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा आवत जावत बन्द गराउन र अनावशयक रुपमा सवारी साधन नचलाउन कडाई गर्न प्रहरी परिचालन गरि कडाई गरिएको छ । निषेधाज्ञा जारी भएसँगै बीरगञ्ज बजार बिहानैदेखि सुनसान भएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम विहिवारदेखी देखि वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र सेवा बन्द रहने छ । निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।

बिहानैदेखि बीरगंजमा निषेधाज्ञा कार्यान्वयन गराउन नगर क्षेत्रका विभिन्न स्थानमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले अनावशयक रुपमा सवारी साधान चलाउनेको सवारी साधन रोकेर राखेको छ ।घण्टाघरमा यस्ता सवारी साधानहरुलाई रोकेर राखिएको छ ।

प्रहरीले भ्यानमा लाउड स्पिकर लगाएर अनावशयक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको छ ।साथै कोरोनाबाट बच्ने उपायका बारेमा पनि सर्ब साधारणहरुलाई प्रहरीले जानकारी गराईरहेको छ ।

भारतसित सिमाना जोडिएको वीरगञ्जको ईनर्वा नाका बाहेक अन्य सबै नाकाहरुबाट मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । लागातार कोरोना सँक्रमितहरुको सँख्या पर्सा जिल्लामा बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला भरि बिहीबार देखि २२ गते राति १२ बजेसम्म जिल्ला भरि निषेधाज्ञा जारी गरेको हो ।

Comments are closed.

error: Content is protected !!