श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सन्तोष पाण्डे
250 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवी वडा नम्बर ८ नयाँबस्तीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विहीबार एक कार्यक्रमवीच न्यानो कपडा वितरण गरिएको छ ।

मधेशमा शितलहर बढे सङ्गै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेस प्रदेशको आयोजना तथा युवा परिषद काठ्माण्डौ जिल्ला समितिको सहयोगमा उक्त न्यायो कपडा वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका एक सय ११ जना विद्यार्थी भाईबहिनीहरुलाई न्यानो कपडा (ट्रेक सुट) र टोपी वितरण गरीएको थियो । उक्त वितरण कार्यक्रमको उद्घाटन काल्हवी नगररपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो ।

निजानन्द धाम नजरपुर रौटहट स्थित श्रीकृष्ण प्रणामी मन्दिरका गाधिपति श्री १०८ सुरेन्द्र जी महाराज ज्युको विशेष उपस्थिति तथा युवा परिषद काठ्माण्डौ जिल्ला समितिका अध्यक्ष शिवप्रसाद तिमिल्सनाको अध्यक्षतामा उक्त न्यायो कपडा वितरण गरिएको होे ।,

सो अवसरमा श्री १०८ सुरेन्द्र जी महाराजको शुभआर्शिवाद बचनका साथै नगरप्रमुख रामप्रसाद चौधरी,श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रीय उपाध्यक्ष कौशल फ्युयाल,बिकास संजेल,युवा परिषद बाराका मोहन सापकोटा,युवा परिषद मधेश प्रदेशका निवर्तमान अध्या जयराम भट्राई,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कुबर,लगायतकाले सम्बोधन गर्नु भएको थियो ।

Leave a review

This will close in 0 seconds