लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ

साझेदारी दैनिक
418 पाठक संख्या

रन्जन यादव/

प्रतिबन्धित लागुऔषध गाँजासहित बाराबाट ३ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी निवासी २५ वर्षीय नरेश बम, सोही ठाउँका ३५ वर्षीय सुरेश स्याङ्तान र ४३ वर्षीय हिरामान थिङ्ग रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो ।

अम्लेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले उक्त अटोलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई चेकजाँच गर्दा अटोभित्र लुकाईछिपाई ल्याइएको १२ किलोग्राम अवैध लागुऔषध गाँजा फेला परेको बारा प्र्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । पक्राउँ परेकामाथि लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds