कोल्हवी : बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ स्थित सखुवाहा गरिएको अपरेशनमा अवैध काठदाउरा र साईकल सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
अपरेशनका क्रममा साल जातको १ थान गोलिया,काँचो साल जातका दाउरा बोकेको १ ट्र्याक्टर र ९ वटा साइकल बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिएका छन ।
डिभिजन बन कार्यालय बाराको निर्देशनमा अपरेशन चलाईएको हो । वन अपराधमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कार्यालयले जनएको छ ।
यसरी पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नम्बर ८ बस्ने ५० बर्षिय मोतिलाल महत्तो र ४० बर्षिय भुलाउन यादव रहेका छन् । नेपाल प्रहरी,सशस्त्र प्रहरी,ककडी पोस्ट र कोल्हवी सब–डिभिजन वन कार्यालयका संयुक्त रुपमा अपरेशन अभियान संचालन गरिएको हो ।
सफल अपरेशनमा सहयोग गर्ने सबै सुरक्षाकर्मी र कर्मचारीहरूलाई डिभिजनल वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार यादबले बिशेष धन्यवाद ज्ञापन गरेका छन् । कर्मचारीहरूको विशेष योगदान रहेको डिभिजनल वन अधिकृत झाले बताएका हुन ।
पक्राउ परेकाहरुलाई डिभिजन बन कार्यालयको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान अघि बढाईएको डिभिजनल बन अधिकृत झाले बताए । केही दिन अगाडि मात्र डिभिजन बन कार्यालय बाराले अबैध काठदाउरा चोरी निकासी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो ।

