एन्फासम्मको यात्रा तय गरेका निजगढका रेग्मी पहिरोमा परी मृत्यु

संदिप प्रसाद यादव
271 पाठक संख्या

कलैया : बारा निजगढबाट एन्फासम्मको यात्रा तय गरेका एकजना बाल फुटबल खेलाडीको पहिरोमा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ८ बकैया टोलका फुटबल खेलाडी बिकल रेग्मी हुन ।

उनको मकवानपुर जिल्लाको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएको हो । यस्तै उनी सहित सर्लाहीका १ जना,मकवानपुरका ३ जना र काठमाडौंका १ जना गरी ६ जना खेलाडीहरुको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा निजगढका बिकलसहित सर्लाहीका आदित्य बलपाकी,मकवानपुरका अनुप घलान,साइमन योञ्जन,दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य रहेका छन ।

निजगढ निवासी जयन्त रेग्मीको छोरा बिकल फुटबलमा करियर बनाउने रुचिका साथ निजगढबाट एकेडेमी सम्मको यात्रा तय गरेका थिए। उनी एन्फाको प्रशिक्षण प्रक्षिण केन्द्रमा प्रशिक्षण गरिरहेका थिए।

Leave a review

This will close in 0 seconds