कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न

साझेदारी दैनिक
214 पाठक संख्या

कलैया :

कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकस्थित उधोग बाणिज्य संघ बाराको सभा हलमा शुक्रबार एक कार्यक्रम बिच कलैया जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको हो ।

सो अधिवेशनबाट कलैया सिटी जेसिज २०२५ का लागि अध्यक्षमा ओम प्रकाश कुमार सरार्फ निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकार्णी उपाध्यक्षमा धर्मेन्द्र प्रसाद यादव र संजय कुशवाहा पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,उमेश कुमार साह र अर्बिन्द साह पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुभाष जैसवालले जानकारी दिएका छन् ।

२०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष,बोर्डका सदस्य,संस्थापक अध्यक्ष,पुर्व अध्यक्ष,जेसिज सदस्य तथा पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

Leave a review

This will close in 0 seconds