बाह्मण समाज नेपाल बाराको कलैया नगरमा राजेश तिवारी

साझेदारी दैनिक
285 पाठक संख्या

कलैया : ब्राह्मण समाज नेपाल बाराको कलैया नगर अधिवेशनले राजेश तिवारीको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरेको छ।

बाराको कलैयामा शनिबार भएको नगर अधिवेशनले सर्व सम्मतिले नगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अमोद पाण्डेय,सचिवमा मुनचुन तिवारी,सहसचिवमा ब्रृजमोहन पाण्डेय,कोषाध्यक्षमा प्रमोद पाण्डेय चुनिएका हुन्।

समितिको सदस्यहरुमा बेदप्रकाश मिश्र र कमल पाण्डे चयन भएको जिल्ला कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीले जानकारी दिए। समाजका केन्द्रिय उपाध्यक्ष देवनाथ उपाध्यायको प्रमुख आतिथ्यमा सो अधिवेशन सम्पन्न भएको हो।

उक्त कार्यक्रममा केन्द्रिय सचिव प्रेमलाल पाण्डेय,केन्द्रिय सदस्य कार्तिकदेव पाण्डेय,नेकपा एमालेका जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेय,कलैया उमनपा.–२७ का वडाध्यक्ष अशोक तिवारीले अधिवेशनको सफलताको कामना गरेका थिए।

सो कार्यक्रममा रामाकान्त तिवारी,अजयकुमार तिवारी,बिनोद मिश्रा,जगरनाथ पाण्डे,रमेश तिवारी र बेदप्रकाश दुबे लगायतकाले अधिवेशनको सफलताको कामना गरेका थिए।

कार्यक्रममा केन्द्रिय सदस्य मनमोहन पाण्डेय,चन्द्रकिशोर पाण्डेय,जिल्ला अधिवेशन तयारी समिति संयोजक अखिलेश तिवारी,गढीमाईको नगर अध्यक्ष रामायण तिवारी,कृष्णहरि नेपाल, हरेकृष्णा तिवारी,धमेन्द्र तिवारी,सुरेन्द्र पाण्डेय,केदार तिवारी,कृष्णा पाण्डेय,सुदामा तिवारी,विष्णु प्रसाद अधिकारी,तिलकप्रसाद रिमाल लगायत ६५ जनाको सहभागिता थियो।

सो कार्यक्रमको सञ्चालन शिवशंकर मिश्राले गरे।

Leave a review