प्रणामी व्यावसायी संघको केन्द्रीय अध्यक्षमा पुन वाग्ले

साझेदारी दैनिक
694 पाठक संख्या

सिमरा : प्रणामी व्यावसायी संघ नेपालको चौथो केन्द्रीय बार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशन बाराको पिलुवामा शनिवार सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवा स्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा आयोजित उक्त साधारणसभाको पुर्वमन्त्री एवम् संघीय सांसद ज्वालाकुमारी साहले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै सांसद साहले धार्मिक तथा व्यावसायीक हक हितका लागि संगठित प्रणामी व्यावसायी संघलाई सफलतको शुभकामन दिनुभएको छ ।

नेपालमै केही गर्न सकिन्छ भन्ने पवित्र भावका साथ व्यापार व्यावसाय गरिरहेका व्यावसायीहरुको पिरमर्का र हक हितमा काम गर्न संघलाई सांसद साहले आग्रह गर्नुभयो ।

भर्खरै जन्मिएर भनि देशभर विस्तार हुदै गरेको यो संघलाई थप बलियो,प्रभावकारी संचालन गर्न आफुलै कुनै न कुनै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहमा पुर्वमन्त्री साह सहित,जीतपुरसिमरा उपमहानगरपालका वडा नम्बर १६ का वडाअध्यक्ष हरिदेव खरेल,संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले,रामकृष्ण तिवारी,श्रीकृष्ण प्रणामी मन्दिर पिलुवाको संरक्षक पंडित शास्त्री नविनकृष्ण ढुङ्गेल,श्रीकृष्ण प्रणामी सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन घिमिरे लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारणसभा उद्घाटन समरोहमा स्वागत संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमका संचालन महासचिव प्रमोद वाग्ले गर्नुभएको व्यावसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतिले जानकारी दिनुभएको छ ।

यसैगरी संघको शनिवार नै सम्पन्न बन्द शत्रले केन्द्रीय अध्यक्षमा पुनः विष्णु प्रसाद वाग्ले लाई नै सर्वसम्मतले चयन गरेको छ । संघको उपाध्यक्षद्धयमा कृष्णप्रसाद घिमिरे,रामप्रसाद पोख्रेल, महासचिवमा प्रमोद वाग्ले,सचिवमा देवी प्रसाद अधिकारी,कोषाध्यक्षमा श्यामप्रसाद मुडभरी सर्वसम्मतले चयन भएका छन ।

यस्तै संघको केन्द्रीय सदस्यहरुमा भने विनोद पुडासैनी,राधिका चौलागाई,धर्मराज ढकाल,सुर्यमणी गौतम,ईन्द्र प्रसाद पोख्रेल,प्रकाशराज सापकोटा,श्याम पोख्रेल,रामप्रसाद हुमागाई,पुरुषोतम सिल्वाल र प्रकाश सापकोटा सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक अर्जुुन प्रसाद वाग्लेले जानकारी दिनुभएको छ ।

Leave a review

This will close in 0 seconds