पर्सामा प्रतिबन्धित लागूऔषधसहित ट्रक र चालक प्रहरीको नियन्त्रणमा

साझेदारी डेलि
50 पाठक संख्या

कलैया । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एउटा ट्रक तथा चालक एवम विलविजक भन्दा बढी सामान गरेको एउटा गरी दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकचोक स्थित सडकखण्डबाट बा.प्र.०३–००१ ख ३३४६ र ना.६ ख ५५०१ नम्बरको मालवाहक ट्रकनियन्त्रणमा लिएको हो।

वीरगञ्जबाट काठमाण्डौ र मोरङतर्फ लैजाँदै गरेको छ भन्ने सूचनाको आधारमा उक्त मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मालबस्तुहरू विल विजक भन्दा बढी रहेको आसंकामा मालवाहक ट्रकहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।

ट्रकहरू राजस्व अनुसन्धान कार्यालय पथलैयाले जाँच गर्दा सो ट्रकहरू मध्ये बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रकबाट लागुऔषध बरामद भएको छ। ट्रामाडोल हाइड्रोकोलोराइड आईपी –५० ट्रामोल १२ हजार ६२ पत्तामा १० का दरले जम्मा १ लाख २० हजार ६ सय बीस ट्याब्लेट बरामद भएको हो। प्रतिबन्धित लागु औषधको मूल्य रू. नौ लाख चौरासी हजार दुई सय उनन्साठी बराबरको रहेको पर्सा प्रहरीका प्रवक्ता प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बा.प्र.०३–००१ ख ३३४६ नम्बरको माल वाहक ट्रक तथा चालक मकवानपुरको थाहा नगरपालिका वडा नं.७ बस्ने २३ वर्षीय सुशिल घलेसहित प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भैरहेको बस्नेतले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds