बारागढीमा भयो हुलाक कार्यालयको स्थापना

साझेदारी दैनिक
358 पाठक संख्या

बारा :जिल्ला हुलाका कार्यालय बाराले बारागढी गाउँपालिकाको खोपवामा शनिबार शाखा कार्यालय स्थापना गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन एक कार्यक्रमका बीच बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल एवम् उपाध्यक्ष लक्ष्मी देवी रायले गरेका हुन्।

उक्त अवसरमा जिल्ला हुलाका कार्यालयका कर्मचारी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,स्थानीय भद्र भलादमी लगायतको सहभागिता रहेको थियो।

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत उक्त हुलाक कार्यालय स्थापना गरिएको हो।

Leave a review

This will close in 0 seconds