कलैया । इलाका प्रहरी कार्यालय प्रसौनीले लाखौं रुपैयाँ बराबरको कोट पाइन्टको कपडा बरामद गरेको छ।
भारतबाट नेपालतर्फ भन्सार छलि चोरी तस्करी गरी मोटरसाइकलमा ल्याउदै गरेको सो कपडा मंगलबार राति बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको दिएको सूचनाको आधारमा बाराको फेटा गाउँपालिका १ त्रिवेणी खोला नजिक एक लाख ३७ हजार पाँच सय बराबरका २२ थान कोट पाईन्टको कपडा बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक हवल्दार अवधेश बिनको कमाण्डमा खटिएको टोलिलाई देखी तस्कर कपडा फाली मोटरसाइकल लिई फरार भएका थिए। उक्त सामानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याई राखिएको छ।
मेटरसाकल सहित फरार रहेको मानिसको खोज तलाश भइरहेको प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।

