कलैया सिटी जेसीजको भयो सोह्रौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम

साझेदारी दैनिक
273 पाठक संख्या

कलैया : कलैया सिटी जेसीजको १६ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

बाराको कलैयामा रहेको बरेवा दरबार होटेलको सभाहलमा आइतबार एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथि संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादव रहेका हुन्। यादवले कार्यक्रमको उद्घाटन गरेका थिए । कलैया सिटी जेसीज २०२४ का डाईनमिक अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा भएका सो कार्यक्रममा ज्ञान सरोबर एकेडेमीका पञ्चकन्याहरुले स्वागत नृत्य गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् संघीय सरकारका खानेपानी मन्त्री यादवले कलैया सिटी जेसीजलाई आउने दिनमा सहयोग गर्ने बताए।

कलैया सिटी जेसीज बर्ष २०२५ को अध्यक्ष जेसी ओमप्रकाश कुमार सरार्फ निर्वाचित भएपछि अब कलैया जेसीजले अझ फड्को मार्ने मन्त्री यादवले विश्वास व्यक्त गरे। २०२४ का डाईनमिक अध्यक्ष पवन कुशवाहाले २०२५ का अध्यक्ष सरार्फलाई र सरार्फले समेत सम्पुर्ण पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।

कलैया सिटी जेसिज २०२५ का लागी अध्यक्ष ओमप्रकाश कुमार सरार्फ,२०२४ कानि.वर्तमान अध्यक्ष पवन कुशवाहा,कार्यकारिणी उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादव र संजय कुशवाहा, उपाध्यक्ष संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,उमेश कुमार साह र अर्बिन्द साह बोर्डमा रहेका छन् ।

त्यस्तै अध्यक्ष सल्लाहकारमा रामबालक राउत अहिर,धनिलाल साह सोनार,विपिन चौधरी,शम्भु कुमार गुप्ता,सन्दिप बरै,सुबास जैसवाल रहेका छन् । बोर्ड सल्लाहकारमा राजेश मण्डल रहेका छन् ।

त्यसैगरी कानुनी सल्लाहकार सन्दिप कुमार साह,महासचिव श्याम बिहारी केशरी,कोषाध्यक्ष आदिल अन्सारी,महाधिवेशन संयोजकमा राहुल सरार्फ,एरिया बि संयोजक आकाश गुप्ता,कार्यक्रम व्यवस्थापन संयोजक शेषनाथ पासवान,सदस्य वृद्धि संयोजक मनिष कुमार चौरसिया,महिला सदस्य वृद्धि संयोजक डा.प्रज्ञा अधिकारी,स्वस्थ्य संयोजक डाक्टर मुकेश यादव,थिम डाईरेक्टर रामस्वरुप गुप्ता,शाखा सम्पादक राजा जैसवाल,खेलकुद संयोजक रोशन सहनी,कोष वृद्धि संयोजक सुरेन्द्र प्रसाद साह रहेका छन् ।

उक्त कार्यक्रममा बारा क्षेत्र –३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,नेकपा माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा,कलैया सिटी जेसिजका संस्थापक अध्यक्ष रामनिवास कुशवाहा,२०१८ का कलैया सिटी जेसीजका अध्यक्ष धनिलाल सर्राफ,२०१९ का राजेश कुशवाहा,२०२० का अध्यक्ष विपिन चौधरी,२०२१ का शम्भु गुप्ता,२०२२ का अध्यक्ष सन्दिप बरै,२०२५ कि प्रथम महिला संगीता सरार्फ,कलैया उपमहानगरपालिका वडा नम्बर २ का वार्ड अध्यक्ष रजेश महतो,४ का रामेश्वर यादव,६ का रामविश्वास ठाकुर,हरिओन जेसिज २०२५ का अध्यक्ष राम प्रवेश दास,लालबन्दी जेसिज २०२५ का अध्यक्ष सुनिता खरेल थपलिया,सिमरा जेसिज २०२५ का अध्यक्ष द्रारिकानाथ पौडेल,हेटौंडा लेडि जेसिज २०२५ का अध्यक्ष अस्मिता न्यौपाने,कलैया सिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको संयोजक सन्दीप कुमार साह रहेका थिए । सो कार्यक्रममा स्वागत मन्तब्य तालिम संयोजक सुरज कुमार गिरिको रहेको थियो। कार्यक्रमको सञ्चालन कलैया सिटी जेसिज २०२५ का महासचिव श्याम बिहारी केशरीले गरेका थिए।

Leave a review