कलैया । बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा आज पाँचौ दिन आज राष्टिय लोकप्रिय गायक गायिका र स्थानीय कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ ।
२८६१ औ ल्होसार पर्वको पनि आज नै भएकाले अवसरमा आयोजित उक्त तामाङ्ग समुदायहको भेषभुषा,पहिचान झल्किने झाँकीहरु समेत प्रर्दशन गरिने छ ।
“राष्ट्रको शान,धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवको पाचौं दिन आज शुक्रबार लोकप्रिय गायक उर्गेन दोङ,विस्वराम कार्की,विकास पाण्डे र गायिका सोनु कुस्मी तथा स्थानीय गायक लगायतकाले प्रस्तुतिकरण गर्ने महोत्सवका संयोजक साजन दोङले जानकारी दिएका छन ।
महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको छ ।
महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक तथा महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।
माघ २० गतेसम्म संचालन हुने महोत्वसमा व्यापारिक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा,बाल उद्यानहरु समेत राखिएको महोेत्सवका संयोजक लालीगुराँस कृयशन मिडिया नेपालक प्रमुख विश्वास ईन्द्रले जानकारी दिनुभयो ।


