कोल्हवी : बाराको कोल्हवी नगरपालिकाको विभिन्न स्थानबाट साल जातको काठसहित एक जना मानिस पक्राउ परेका छन् ।
नेपाल प्रहरी तथा कोल्हवी सवडिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागितामा गरिएको छड्के अपरेशनमा अवैध रूपमा काठ ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालयले जनाएको छ ।
कोल्हवी नगरपालिका–४ स्थित प्रगतिनगर भन्ने स्थानबाट तीन थान साइकल तथा तीन थान साल जातको गोलिया काठ बरामद गरिएको छ ।सोही दिन कोल्हवी नगरपालिका–२ स्थित शुभकामना पेट्रोल पम्प नजिकबाट थप एक थान साल जातको गोलिया,एक थान साइकल र एक जना व्यक्ति पक्राउ परेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा कोल्हबी नगरपालिका वडा नं.१० बस्ने बर्ष ५५ का राजिन्द्र मुखिया रहेको छन बरामद काठ करिब ५ क्युफिटको रहेको सब डिभिजनका छैठो तह अधिकृत कृष्ण पटेलले बताए ।
नियन्त्रणमा लिएका मुखियालाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको छ ।
बरामद काठ कहाँबाट ल्याईएको थियो र यसमा को को संलग्न छन् लगायतको बिषयमा अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत झाले बताएका छन ।

