जीतपुरसिमरामा १६ करोडको भुक्तानी गर्न मानेन् प्रप्रअ निरौला

साझेदारी दैनिक
साझेदारी दैनिक 749 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको दुई उपमहानगर मध्ये जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृतबिहिन हुँदा उपमहानगरपालिकाको सम्पुर्ण कामकाज अस्तब्यस्त नै बनेको छ ।

कार्यालय प्रमुख नै नहुदा त्यसको प्रत्यक्ष असर आम नगरवासी सहित जनप्रतिनिधि र कर्मचारीहरुमा समेत परेको छ । कसैलाई सुईको नै नदिई रातारात प्रमुख प्रशासकीय अधिकृत डमरु निरौला काठमाडौँमा गएर बसेका छन् । गत आर्थिक बर्षमा उपभोक्ता समितिबाट सम्पन्न करिब १६ करोड रुपैयाको भुक्तानी दिन उपमहानगरले बाँकी रहेको छ ।

जनप्रतिनिधिहरुले रकम भुक्तानी गर्न दबाब दिएपनि प्रमुख प्रशासकीय अधिकृत निरौला कुनै हालतमा भुक्तानी दिने पक्षमा छैनन् । उपभोक्ता समितिबाट सम्पन्न भनिएको करिब १६ करोड रुपैया भुक्तानीमा उनले चलखेलको आशंका ब्यक्त गरेका छन् । अधिकृत निरौलाले प्राबिधिक र जनप्रतिनिधि दुबै माथि अबिश्वास गर्दै बाहिरबाट कन्सलटेन्सी हायर गरी भएको कामको चेकजाँच तथा मुल्याङकन गराउँने पक्षमा देखिएका छन् ।

यता उपमहानगरपालिकाको कर्मचारीहरुले तीन महिना देखिको तलब पाएका छैनन् । एक कर्मचारीका अनुसार कोरोनाको समयमा जोखिम लिएर काम गर्दै आएपनि तीन महिनासम्मको तलब आफुहरु नपाएको दुखेसो गरे । घरबेटी र खाद्यन्न दिने पसलेले पनि पैसाकोलागि कचकच गर्न थालिसकेको ती कर्मचारीले गुनासो गरे । उपमहानगरपालिकासँग स्रोतसाधनको अभाव नभएपनि गर्न नसक्ने क्षमताको अभाव भएको जानकारी दिए ।

उपभोक्ता समितिको रकम भुक्तानी नहुँदा उपभोक्ताहरु दिनदिनै आफनो घर आउँने गरेको एक वडा अध्यक्षले दुखेसो गरेका छन । ऋण खोजेर वा उद्यारो लिएर पुषमहिनामै उपभोक्ताहरु काम सकाए तर अर्को आर्थिक बर्ष लाग्दा पनि अहिलेसम्म भुक्तानी हुन सकेको छैन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल हप्तौँ दिन देखि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय धाईरहे पनि त्यसको नतिजा शुन्य देखिएको छ । नवर्तमान प्रमुख प्रशासकीय अधिकृत निरौला जीतपुरसिमरा उपमहानगरपालिकामा आउँने पक्षमा देखिएका छन् ।

न त कुनै नयाँ कर्मचारीलाई मन्त्रालले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाउँने पक्षमा छ । स्रोतका अनुसार उपमहानगरपालिकाले मौज्दात कर्मचारीहरु मध्ये नै एक जना बरिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँने पक्षमा देखिएको छ ।

बरियताको अधारमा प्रमुख प्रशासकीय अधिकृत बनाउँदा युवा ,खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख उपसचिव शिवजी प्रसाद साह प्रमुख प्रशासकीय अधिकृत बन्ने देखिन्छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review