बारा : बाराको जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने भएको छ ।
फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र पारिएको आयोजक जीतपुरसिमरा हिन्दु समाज महायज्ञ प्रचारप्रसार समितिको अध्यक्ष संतोष कुशवाहाले बताएका छन् ।
गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री महायज्ञ जीतपुरस्थित रहेको बंगालीबाबा युग धर्मआश्रम केराढोकामा हुने जनाईएको छ ।
भेलामा आयोजक मुल समितिका पदाधिकारी,सदस्य,स्थानिय युवा एवं भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
माहायज्ञ समितीको बसेको बैठकमा उपस्थित सबैले महायज्ञको तयारीमा जुट्ने प्रतिवधता गर्दै यज्ञ सफल पार्न जीतपुरसिमराका बासीसंग आग्रह गरेका थिए ।

