चार जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
812 पाठक संख्या

विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रहरीले लागू औषधको मुद्दामा अदालतबाट १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना पाएका बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १८ लामिडाडाँ बस्ने २१ वर्षीय एलेक्स मोक्तान भन्ने सुक्रम मोक्तानलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै बैकिङ्ग मुद्दामा महागढीमाई नगरपालिका वडा नं. ४ दहियार बस्ने अन्दाजी ४३ वर्षीय प्रभु प्रसाद केवटलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटको मुद्दामा अदालतबाट १ सय ८३ रुपैया ३३ पैसा जरिवाना पाएका सोही ठाउँमा बस्ने ३८ वर्षीय प्रभु प्रसाद पक्राउ परेका हुन् ।

त्यसैगरी जबर्जस्ती मुद्दामा बाराको महागढीमाई नगरपालिका वार्ड नं.५ बगडमपुरमा बस्ने अन्दाजी २४ वर्षीय विकास जयसवाल पनि पक्राउ परेका छन् ।

Leave a review

This will close in 0 seconds