पाथिभारा इंग्लिस बोर्डिङ स्कूलको २४औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

रञ्जन यादव
251 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा पाथिभारा इंग्लिस बोर्डिङ स्कूल,बजनीको २४औं वार्षिक उत्सव तथा अभिभावक दिवस भब्य रुपमा विद्यालय प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले यस्ता कार्यक्रमहरू विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

उनले शैक्षिक संस्थाहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने यस्ता अवसरहरू सिर्जना गर्नुपर्छ भन्ने धारणा राखे ।कार्यक्रममा विद्यार्थीहरूले नृत्य,गीतसंगीत तथा सामाजिक सन्देशयुक्त नाटकहरू प्रस्तुत गरेका थिए।

विद्यालयका प्रिन्सिपल लक्की रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन प्याबसनका केन्द्रीय सदस्य राम प्रसाद अधिकारी,युवा,खेलकुद तथा शिक्षा माहाशाखाका प्रमुख शिवजी प्रसाद,सिमरा कलेजका प्रमुख सालिकराम अधिकारी,एस.पि.एस.का प्रिन्सिपल बसन्त ढकाल,एमरल्ड एकेड्मीका प्रीन्सिपल सरोजचन्द्र कार्की लगायत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

विद्यालय प्रशासनका अनुसार,वार्षिक साधारण सभाले विद्यालयको प्रगतिमा थप योगदान पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रममा ४ सय भन्दा बढी अभिभावकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक दिवस लामिछानेले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन बिद्यार्थीहरु प्रनिस पौडेल र सुमिक्षा पराजुलीले गरेका थिए।

Leave a review