कलैया : प्रहरीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २ सूर्य नेपाल अगाडीको सडक खण्ड बाट मंगलबार बिहान अबैध लागु औषध अफिम जस्तो पर्दाथ सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्कुटी चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने ५४ बर्षिय सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने ४५ बर्षिय भिम बहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापाकोटाले जानकारी दिएका छन्।
प्रहरीले उनीहरुको साथ बाट १३ किलो लागू औषध अफिम जस्तो पदार्थ र नगद रू. १,३३,६५५÷–(एक लाख तेतिस हजार छ सय पचपन्न रुपैया) वरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले वरामद गरेको हो ।
हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीलाई रोक्न खोजदा नरोकी फरार भएको थियो। प्रहरी टोलीले पच्छयाउदै जाने क्रममा सिमरा स्थित सुर्य नेपाल अगाडी फेला पारी रोकी चेकजाँच गर्दा स्कुटीको डिक्की भित्र लुकाई छिपाई लगी रहेको लागू औषध अफिम जस्तो पदार्थ र नगद बरामद गरेको हो।
बरामद भएको लागुऔषध अफिम जस्तो पदार्थ सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

