तीन जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
250 पाठक संख्या

कलैया :बारा प्रहरीले फरार रहेका तीन जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेका निम्न मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

कलैया उपमहानगरपालिका वडा नम्बर ४का नकबजनी चोरी मुद्दामा तीन महिना कैद र पाँच हजार जरिवाना लागेका २४ बर्षीय दिपककुमार सहनीलाई पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा सात दिन सजाय पाएका तथा दुई हजार जरिवाना सजाय पाएका प्रसौनी २ निवासी ३५ वर्षीय वीरेन्द्रकुमार गुप्तालाई ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको हो।

यस्तै मोटर चोरी मुद्दामा एक महिना कैद र एक हजार जरिवाना सजाय पाएका प्रसौनी ६ बेलहीया निवासी शिवशंकर पटेललाई प्रहरीले पक्राउ गरेको हो।

Leave a review

This will close in 0 seconds