कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मालपोत कार्यालयको प्राङ्गणमा एक दिने नि.शुल्क दन्त शिवीर सम्पन्न भएको छ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन ईकाई समिति बाराको आयोजना शुक्रबार भएको सो शिवीरमा एक सय १५जना लाभान्वित भएका छन्।
लेखापढी कानुन व्यवसायी एसोशिएसन ईकाई समिति बाराका अध्यक्ष बृजकिशोर यादवको अध्यक्षतामा शिवीरको उद्घाटन भएको हो। कार्यक्रमको प्रमुख अतिथि भूमि सुधार तथा मालपोत कार्यालय कलैयाका प्रमुख शालिकराम ढकाल रहेका थिए।
गुटखा खाएकोले र ब्रस गर्ने तरिका नभएकोले दातमा समस्या आएको डाक्टर मुकेश यादवले बताएका छन् । सो शिवीरमा दातमा समस्या भएकालाई नि.शुल्क औषधि दिइएको डाक्टर यादवले बताए ।
उक्त शिवीरमा दाँतका परीक्षण गराएका लाभान्वितलाई थप उपचारका लागि क्लिनिकमा आउँदा कार्डको पैसा नलाग्ने,एक्स–रे मा ५० प्रतिशत छुट हुने र १० देखि ५० प्रतिशत छुट दिने डाक्टर यादवले बताए ।
शिवीरमा दाँतको समस्याको पहिचानसँगै स्थानीयको समयसँगै पैसाको समेत बचत हुने भएपछि स्थानीय खुसी छन्।
शिवीरमा दन्त चिकित्सक डा.मुकेश यादव नेतृत्वको टोलीले दन्त परीक्षण गरेको थियो। सो टोलिमा डा. मेरिना बिराजी र डाक्टर गिरिश चौधरी रहेका थिए।
सो नि.शुल्क दन्त शिवीरको व्यवस्थापन कलैया सिटी जेसिजले गरेको थियो। सहयोग राष्ट्रिय दलित पत्रकार संघ,बारा र भूमि सुधार तथा मालपोत कार्यालय कलैयाले गरेको थियो।
उक्त कार्यक्रममा अधिवक्ता प्रमानन्द केशरी,घनश्याम साह,राष्ट्रिय दलित पत्रकार संघ,बाराका अध्यक्ष उपेन्द्र पासवान,जेसिज २०२१ का अध्यक्ष शम्भु गुप्ता,२०२३ का अध्यक्ष सुभाष जैसवाल,२०२५ का कार्य कारणी उपाध्यक्ष धर्मेन्द्रप्रसाद यादव र संजय कुशवाहा,उपाध्यक्ष संदिप प्रसाद यादव,महासचिव श्यामबिहारी केशरी,कानुनी सल्लाहकार सन्दिप कुमार साह तथा जेसिजका बोर्डका सदस्यहरु,जितनारायण प्रसाद पटेल,पन्ना लाल महतो,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको संचालन लेखापढी एसोशिएसनका सचिव दिनेश यादवले गरेका थिए।

