अवैध घरेलु मदिरा एवंम कच्चा पदार्थ नष्ट

संदिप प्रसाद यादव
234 पाठक संख्या

बारा प्रहरीले महागढीमाई नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा ५ हजार ५ सय लिटर अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ ।

सोमबार प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले आफ्नो कार्यालयको जिम्मेवारीभित्र पर्ने स्थानबाट तयारी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको हो ।

प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० स्थित विभिन्न स्थानमा अवैध रुपमा सञ्चालन गरेको भट्टीका अवैध कच्चा पदार्थ ४ हजार लिटर अन्दाजी मुल्य रू. २ लाख ४० हजार र तयारी मदिरा १ हजार ५ सय लिटर अन्दाजी मुल्य रु १ लाख ५० हजार रुपैयाँ बराबरको नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

Leave a review

This will close in 0 seconds