मौलापुरको मधानी महोत्सवमा नेपाल र भारतका चर्चित कलाकारको बेजोड प्रस्तुति,ओर्लियो जनसागर

साझेदारी दैनिक
532 पाठक संख्या

गरुडा : रौतहटको जिल्लाको मौलापुर नगरपालिकाको पतौराधाम महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको बुधबार चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पतौराधाममा आयोजित उक्त सास्कृतिका कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरुले बजोड प्रस्तुति दिएका छन । मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत हेर्न लाखौ जनसागरहरुको पुगेका थिए ।

बुधबारको कार्यक्रमममा भोजपुरी सिने जगतका लेखक,निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेले मधानी विशेष सांस्कृतिक कार्यक्रममा बेजोड प्रस्तुतीले गर्दा लाखौं दर्शक झुमेका थिए ।

यसैगरी मधानी महोत्सवमा बुधबार नै महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार),सुनील पंडित (गायक),अनु चौधरी (गायिका),गौरभनारायण राई (नोपाली गायक),सदाम हुसेन (कलाकार),रचना सिवाकोटी ( कलाकार),रुद्र नारायण तिवारी (गायक),प्रीति पासवान (कलाकार),प्रिया सुहानी (कलाकार),रोसनी राज (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती दिएका थिए ।

प्रत्येक वर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म,संस्कृतिको संरक्षण समेत हुने गरेको मौलापुर नगरपालिकाकी मेयर रीना साहले जनाकारी गराईन । सो अवसरमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने गरेका छन ।

Leave a review

This will close in 0 seconds