युवाहरुले बाँडे ब्याग सहितको शैक्षिक सामग्री

रञ्जन यादव
510 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जन सामुदायिक आधारभूत विद्यालयका विधार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

उपमहानगरका समाजसेवी अमृत बस्यालको नेतृत्वमा यूवाहरूले एक आपसमा रकम संकलन गरेका हुन्। उनीहरु विद्यालयमै पुगेर कक्षा कोठामा शैक्षिक सामग्री वितरण गरेका हुन्। शैक्षिक सामग्रीमा झोला (ब्याग),कपी,पेन्सिल,इरेजर र पेनजस्ता दैनिक प्रयोगमा आउने सामग्रीहरू रहेको छ।

वितरण प्रक्रिया अझ प्रभावकारी बनाउनका लागि विद्यार्थीहरूलाई सजिलो तथा उनीहरूले सहजै उत्तर दिन सक्ने खालका प्रश्नहरू सोधिएको थियो।

ती प्रश्नहरूको सही उत्तर दिएपछि विद्यार्र्थीलाई सामग्री वितरण गरिएको समाजसेवी बस्यालले साझेदारी दैनिकलाई जानकारी दिए।

उक्त कार्यको वडा नं. १९ का वडा अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले युवाहरूको यस कार्यको खुलेर प्रशंसा गरे। यस्ता प्रयासले विद्यार्थीहरूको मनोबल वृद्धि हुने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सुरेशराज के.सी,रबिन्द्र उपाध्याय,पत्रकार विदुर खड्का,नकुल सिंह,निखिल थपलिया लगायतको उपस्थिति रहेको थियो।

Leave a review