चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
265 पाठक संख्या

बारा : राजेश कुशवाहा/प्रहरीले बाराको कलैया बाट चेक अनादर मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपािलका वडा नम्बर १बस्ने ३५ वर्षीय आशिषकुमार दास र कलैया उपमहानगरपालिका वडा नम्बर २७ बस्ने ५६ वर्षीय सुनिलकुमार पाण्डेय रहेको जिल्लाप्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका ईकाईबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

बारा जिल्ला अदालतले दासलाई उक्त मुद्दामा रु एक हजार र पाण्डेयलाई रु पांच सय रुपैया दण्ड जरिवानागर्ने फैसला गरेको थियो ।

उनीहरु सोही बेला देखि फरार भएका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा बुझाएको छ ।

Leave a review