रौतहट र सर्लाहीको राजमार्गमा अबैध अस्पतालको विगविगि,उन्नाईसमा अठार वटा अवैध

राम मण्डल
466 पाठक संख्या

वीरगञ्ज : पूर्व पश्चिम् राजमार्गसंग जोडिएको रौतहट र सर्लाहीको शहरहरुमा अबैध अस्पतालको बिगबिगि रहेको पाइएको छ ।

राजमार्ग सित जोडिएको ती दुई जिल्लाका अस्पतालहरुमा अनुगमन गर्दा सो तथ्य फेला परेको हो। अधिकांश अस्पताल अबैध रूपमा संचालित रहेको पाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंह नेतृत्वको टोलिले अस्पतालको अनुगमन गरेको थियोे।सो क्रममा रौतहटको चन्द्रपुर नगरपालिका र सर्लाहीको हरिवन तथा लालबन्दी नगरपालिकाका अस्पतालमा मुख्य मन्त्रीको टोलि पुगेको थियो ।

अनुगमन गरिएका मध्ये अधिकांश अस्पताल बिना दर्ता संचालित रहेको पाइएको हो। दुबै जिल्लामा गरि कुल उन्नाईस वटामा अनुगमन हुँदा १८ वटा अबैध नै निस्किएको मुख्यमन्त्री सिंहले जानकारी दिए।

बिना दर्ता संचालित अस्पताललाई बन्द गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।यसरी अनुमति नलिइ संचालित रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर .सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि,पब्लिक लाइफ केयर पोलिक्लिनिक,चपुर सिटी हस्पिटल प्रालि,हिमालयन पोलिक्लिनिक,सिम्स अस्पताल प्रालि,चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल,चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई बन्द गराइएको हो।

त्यस्तै चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई बन्द गरिएको छ ।अनुगमनको क्रममा बिना दर्ता संचालित सर्लाहीको हरिवन नगरपालिकामा रहेको दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिलाई पनि बन्द गर्न निर्देशन दिइएको छ।

बन्द गर्न निर्देशन दिइएका अस्पताललाई निर्धारित प्रक्रियाअनुसार सेवा सञ्चालन अनुमति लिएर मात्र सुचारु गर्न मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

मधेस प्रदेशमा बिना दर्ता तथा प्रक्रिया नपु¥याइ मापदण्ड बिपरित निजि अस्पतालहरु सञ्चालनमा रहेकोले त्यसले मानव स्वास्थ्यसित खेलवाड गरिरहेको गुनासो पछि प्रदेशका मुख्यमन्त्री सिंह स्वयं केही दिन देखि अनुगमन गर्दै आएका छन्।

उनले जनकपुर र वीरगञ्जमा पनि अनुगमन गरि अबैध अस्पताल बन्द गराएका थिए ।पछिल्लो समय मधेसमा झोले अस्पतालको बिगबिगि हुँदा बिरामी हरुले अकालमै ज्यान गुमाउने गरेको घटना पनि सार्वजनिक हुँदै आएको छ।

Leave a review