मुख्यमन्त्री सिंहको निर्देशनमा गरुडा र शिवनगरका १० निजी अस्पताल बन्द

साझेदारी दैनिक
541 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव/मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मापदण्ड विपरीत सञ्चालित रौतहटको गरुडा र शिवनगरका गरी १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको अड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी हस्पिटल बन्द गर्न निर्देशन दिएका हुन ।

अनुगमनको क्रममा नियम र कानुन विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए । कानुन विपरीत सञ्चालनमा रहेको पाइएकोले मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न भन्दै उनले नियम प्रक्रिया नपुगुन्जेलसम्म अस्पतालहरु बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाएका थिए ।

यसरी बन्द गरिएका अस्पतालहरुमा गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि,गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल,रोमा हस्पिटल,सरस्वती हस्पिटल,सन सिटी हस्पिटल,गरुडा अस्पताल प्रालि,नेत्र ज्योति,होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा ति सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले निर्देशन गरेका छन । मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा छड्के अनुगमन गर्न आएको थाहा पाउने वितिकै मापदण्ड र कानुन विपरीत सञ्चालित हस्पिटलका सञ्चालकहरुको भागाभाग गरेका थिए ।

अनुगमन आएको थाहा पाएपछि गरुडाका झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल,सन सिटी हस्पिटल,गरुडा अस्पताल प्रालि,नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन ।

यस्तै विरामीलाई लुटदै आएका शिवनगरका आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरका सञ्चालक एवं कथित डाक्टर कहलाउने उमेश प्रसाद मुख्यमन्त्री सिंह आएपछि हस्पिटल छाडेर फरार भएका थिए ।

अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएपनि ६० बेडभन्दा बढी बेड राखेको,एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएपनि तिनवटा भवनमा हस्पिटल सञ्चालन गरेको,अन्य मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल समेत बन्द गर्न निर्देशन दिएका हुन।

Leave a review