रौतहटस्थित तराई सिटी हस्पिटलमा ‘इको मेसिन’ सेवा सुरू

Om Prakash Yadav
235 पाठक संख्या

रौतहट : रौतहट जिल्लाको गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउपालिका वडा नम्बर १ सुकदेव चौकमा अवस्थित नेपाल तराई सीटी हॉस्पिटलले आधुनिक सेवा सुरु गरेको छ। यस अस्पतालमा पहिलो पटक ‘इको सेवा (ईकोकार्डियो ग्राफी सेवा) सुरू भएको छ। जिल्लामा पहिलो पटक अत्याधुनिक इकोकार्डियोग्राफी सेवा सुरू भएको हो। यसले सर्वसाधारण नागरिकको उपचारमा निकै सहजता भएको छ।

रौतहटका बासिन्दाले मुटु सम्बन्धी रोगको परीक्षणका लागि वीरगन्ज, जनकपुर वा काठमाडौंजस्ता शहर जानुपर्ने बाध्यता अब समाप्त भएको छ। अत्याधुनिक प्रविधियुक्त इको मेसिन संचालन भएपछी मुटु सम्बन्धी समस्या भएका बिरामीहरूको सही निदान तथा उपचारमा अब सहजता हुने भएको छ।

रौतहटमा मुटु रोगका बिरामीहरू बढ्दै गएकोले उपचारलाई दृष्टिगत गरी नेपाल तराई सीटी अस्पतालका प्रमुख डा. मधुरेन्द्र यादवले जनाए। बिरामीले सस्तो, सहज र भरपर्दो मुटु परीक्षण सेवा आफ्नै जिल्लामै पाउने छन्।

रौतहटमा इको सेवा प्रारम्भ हुनु जिल्ला स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ।स्थानीय जनताको समय र खर्च दुबै बचत गर्नेछ। इकोकार्डियोग्राफी (इको) भनेको मुटुको भित्री संरचना, रगतको प्रवाह र मुटुको पम्पिङ क्षमताको अध्ययन गर्न प्रयोग हुने अत्याधुनिक अल्ट्रासाउण्ड प्रविधि हो।

Leave a review

This will close in 0 seconds