प्रसौनी गाउँपालिकाद्वारा स्वास्थ्य चौकीहरुको छडके अनुगमन

साझेदारी दैनिक
साझेदारी दैनिक 465 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह,/
प्रसौनी गाउँपालिकाद्वारा वडाहरुमा रहेको स्वास्थ्य चौकीको विहिवार अनुगमन तथा छडके चेकजाँच गरिएको छ ।
प्रसौनि गाउँपालिकाको विभिन्न वड़ामा रहेका स्वास्थ्य चौकीलाई थप सहजिकरण, कार्य ब्यवस्थापन, त्रुटिहरु तथा विभिन्न सहज असहजबारे चेकजाच गर्ने उदेश्यले गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताको नेतृत्व उक्त अनुगमन गरिएको थियो ।

गाउँपालिकामा रहेका सवै स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले बताएका छन ।
अनुगमन टोलीमा प्रमुख प्रशासकिय अधिकृत महम्द शेरे मुस्तफ, स्वास्थ्य संयोजक सुरेश कुमार साह, सम्बधित वडाहरूका वड़ा अध्यक्ष त्यसै गरी आमंत्रित बिज्ञ तथा स्वास्थ्यकर्मी जापÞmरे आलम अंसारी, सत्य नारायण साह र संचारकर्मीहरुको समते उपस्थिति रहेको थियो । यस्ता अनुगमन कार्य निरन्तर रुपमा गरिने गाउँपालिका अध्यक्ष प्रसाद गुप्ताले जनाए ।

समाचार शेयर गर्नुहोस
Leave a review