क्लबलाई क्रिकेट खेल सामग्री हस्तान्तरण

साझेदारी दैनिक
475 पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ को कार्यालयले जीतपुरसिमरा स्पोर्टस् क्लबलाई शुक्रवार क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच वडाध्यक्ष धनबहादुर श्रेष्ठले जीतपुरसिमरा स्पोर्टस् क्लबका अध्यक्ष सोमलाल बम्जन र खेलाडीलाई सामग्री हस्तान्तरण गरेको हो ।

खेलकुद गतिविधिलाई अघि बढाउन वडा कार्यालयको तर्फबाट डेढ लाख मूल्य बराबरको खेल सामग्री सहयोग गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा वडा सदस्य उद्धव गौतम,लक्ष्मी विक,जीतपुरसिमरा स्पोर्टस् क्लबका प्रशिक्षक समिन विष्टलगायत उपस्थित थिए ।

जीतपुरसिमरा स्पोर्टस् क्लबले सिमरामा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । क्लबले गत चैतमा जीतपुरसिमरा क्रिकेट कपको पहिलो संस्करण सम्पन्न गरेको थियो ।

Leave a review