Sajhedari Daily
Latest News from Nepal

डाक्टर केसीको सर्मथनमा वीरगञ्जमा लागातार धर्ना र प्रदर्शन

Top Aside Banner

राम मण्डल/
अनसनरत डाक्टर गोबिन्द केसीको सर्मथनमा वीरगञ्जमा लागतार रुपमा धर्ना र प्रदर्शन जारी रहेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको सर्मथनमा बिहीबार पनि वीरगञ्जमा प्रदर्शन गरिएको हो ।

विहिवार डाक्टर केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ नारायणी शाखाले नारायणी अस्पतालमा दुई घण्टा धर्ना दिएको छ । जायज माग पूरा गर, प्राध्यापक डाक्टर केसीको जीवन रक्षा गर, लगायतका नारा लेखिएको ब्यानरसहित संघमा आवद्ध डाक्टरहरु धर्नामा बसेका थिए ।

डाक्टर केसीले राखेको जायज माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले धर्नामा बसेको शाखा सचिव उदय नारायण सिंहले जानकारी दिए ।

देश बनाउँछु भनेर कुर्सीमा गएका नेताहरुले डाक्टर केसीको मागको वेवास्ता गर्नु दुःखद भएको चिकित्सकहरुको भनाइ छ । दिउँसो दुई बजेदेखि कार्यालय अगाडि नै रिले अनसन बस्ने संघको नारायणी शाखाले जनाएको छ ।

चिकित्सक संघ नारायणीका पूर्वअध्यक्ष डाक्टर जगदिश अग्रवालले डाक्टर केसी निमुखा जनताको लागि अनसनमा बस्दा पनि सरकारले बेवास्ता गर्नु दुःखद भएको बताए ।

यसैविच स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको लागि अनसनरत प्राध्यापक डाक्टर केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जका सचेत नागरिकहरुले विहिवार पनि दोस्रो दिनपनि प्रदर्शन गरेका छन ।