डुमरवाना बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न

रञ्जन यादव
352 पाठक संख्या

बाराको डुमरवानामा रहेको डुमरवाना बहुमुखी क्याम्पसको आठौं क्याम्पस सभा संम्पंन्न भएको छ।

सभालाई बारा क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले पानसमा बत्ती बालि उदघाटन गरेकी हुन्।

जितपुरसिमरा उप महानगरपालिका वडा नं.१५ मा सो कलेज रहेको छ। कलेजको सभामा कलेज प्रमुख राधेश्याम सिवाकोटिले क्याम्पसको गतिबिधिमाथि प्रकास पारेका छन्।

सभाका वक्ताहरुले कलेजमा बिद्यार्थीको संख्या बढाएर कलेजलाई आत्मनिर्भर बनाउन सबै तहबाट सहयोग चाहिने कुरामा जोड दिएका छन्।

सभामा नारायणी रायमाझी,ईदरिस मिया,प्रबिण काफ्ले,वडा अध्यक्षहरु तथा स्थानीय बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो। राजु अधिकारीले सञ्चालन गरेका सभाका सभा अध्यक्षता अनिल मैनालीको थियो।

Leave a review