Sajhedari Daily
Latest News from Nepal

बारा र पर्सा सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि

Top Aside Banner

वीरगञ्जमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बारा र पर्साका विभिन्न स्थानबाट संकलित ९६ जनाको स्वाब नमुना परिक्षण गर्दा पर्साका ८ र बाराका १० तथा सिराहाका १ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा न. १० र २० मा दुई-दुई जना र वडा नम्बर ३, ८, १२ र १३ मा एक÷एक जना गरी ८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिएका छन ।

त्यसैगरी बाराको करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुर्वण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र परवानीपुर गाउँपालिकाका एक÷एक जना र जीतपुर सिमरा उपमहानगरपालिकाका तीन जनामा संक्रमण देखिएको छ ।

यस्तै सिराहको लहान नगरपालिकाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुको सिटि भ्यालु १४ देखि २८ सम्म रहेक बरिष्ठ चिकित्सक डा. चौरसियाले बताएका छन ।