होटल ईच्छामा मेघा मिलिएन क्यासिनो सञ्चालनमा

रञ्जन यादव
278 पाठक संख्या

बाराको सिमरास्थित मधेश प्रदेशकै एक मात्र पाँच तारे होटल ईच्छामा मेघा मिलिएन क्यासिनो सञ्चालनमा आएको छ ।

क्यासिनोको उद्घाटन ईच्छा होटलका अध्यक्ष ईच्छाबहादुर वाग्ले र मेघा मिलियन क्यासिनोका प्रबन्ध सञ्चालक नबिन ढङ्गानाले संयुक्त रुपमा गरेका हुन्। करिब २१ करोड भन्दा बढिको भारतीय र नेपाली लगानीको समन्वयमा यो क्यासिनो सञ्चालन भएको मेघा मिलियनका प्रबन्ध सञ्चालक ढुड्गानाले बताए ।

बिगत ६ महिना देखि निर्माण गरी हाल निर्माण सम्पन्न भई स्माईल मिनी क्यासिनोबाट मेघा मिलियन क्यासिनो नामको रुपमा नेपालको संघीय कानुन बमोजिम भाद्र २६ गते बुधबार देखि क्यासिनो सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको क्यासिनोबाट नेपाल सरकारलाई बार्षिक ३ करोड भन्दा बढी बार्षिक राजश्व प्राप्त हुने होटल ईच्छाका अध्यक्ष ईच्छा वाग्लेले जानकारी दिए । निकट भबिष्यमा नै क्यासिनो पाँच तारे स्तरमा परिवर्तनको प्रकृया सुरु भईसकेकाले सरकारले बार्षिक रुपमा ७ करोड भन्दा बस बढी राजश्व प्राप्त गर्ने होटल ईच्छाका अध्यक्ष वाग्लेले बताए ।

क्यासिनो सञ्चालनले होटल ईच्छाको सञ्चालनमा सहयोग पुग्ने र भारतीय पर्यटकको प्रबद्र्धन र बिस्तारकोलागि सहयोगी साबित हुने बिश्वास लिएको छ ।

होटल ईच्छाका सञ्चालक अध्यक्ष वाग्लेले क्यासिनोको सञ्चालनले यस क्षेत्रको होटल ब्यवसायको प्रबद्र्धनमा बृद्धि हुने र बिदेशि मुद्रा देशलाई आर्जन हुने बताए।

Leave a review