बारा : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ धर्मबस्तीबाट ३.३७ क्युफिटको सालको गोलिया रङ्गपुर सब डिभिजन बन कार्यालयले बरामद गरेको छ।
यहाँबाट जमदार अर्जुन चौधरीको कमाण्डमा गएको बन टोलीले एक थान सालको काठ बरामद गरेको छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए।
करिब ७ बजेको समयमा साईकलमा काठको गोलिया लोड गरि ल्याईरहेको अवस्थामा बन गस्तीटोली सँग जम्का भेट भएको थियो । काठ तस्कर काठको गोलिया सहितको साईकल छोडि फरार भएको अधिकृत यादबले बताए।
बरामद साईकल र काठलाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले साझेदारी दैनिकलाई जानकारी दिए ।

