गौर राइस मिलको जग्गा कुनै हालतमा बिक्री गर्न दिन्न– एमाले केन्द्रिय सदस्य अजयकुमार गुप्ता

साझेदारी दैनिक
440 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव/ रौतहटको गौर राइस मिलको जग्गा कुनै पनि हालतमा बिक्री गर्न नदिने नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले बताएका छन्।

पाँच दशक भन्दा बढी दिनदेखि सार्वजनिक कार्यक्रमको रूपमा प्रयोग हुँदै आएको राइस मिलको जग्गा अहिले आएर बेचबिखन गर्ने चलखेल भइरहेको उनले जनाए।

रौतहटको सदरमुकाम गौरमा आइतबार आयोजित विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले मिलको जग्गा बिक्री हुनबाट आपूmहरुले रोकेरै छाडने बताएका हुन्।

गौर नगरपालिकाका पूर्व मेयर र एमालेका रौतहट जिल्ला इन्चार्ज समेत उनी हुन्। कसैलाई हिम्मत छ भने राइस मिलको जग्गा बिक्री गरेर देखाउन समेत उनले चुनौती दिएका छन्।

गौर नगरपालिकाका मेयर शम्भु साहको मिलेमतोमा केही भूमाफियाहरुले राइस मिलको जग्गा बिक्री गर्ने दाउमा लागेको उनले जनाए। जसले जति ताकत र शक्ति लगाएपनि आफूहरु जग्गा बिक्री गर्न नदिने उनले बताए।

केहीदिन अघि मात्र गौर नगरपालिकाका मेयर शम्भु साहले राइस मिलको जग्गामध्ये २ बिघा १५ कठा जग्गा निःशुल्क रूपमा नगरपालिकाको नाममा ल्याउने र बाकी जग्गा बिक्री गर्ने नगरपालिकाले निर्णय गरेको भनी अभिव्यक्ति दिएका थिए।

नगर प्रमुख शम्भु साहले सो अभिब्यक्ति दिएलगत्तै सोहिदिन देखि गौरमा आन्दोलन चर्केको छ। मेयर साहको सो अभिव्यक्ति विरुद्ध गौरमा दिनहु विरोध प्रदर्शन भइरहेको छ।

गौर राइस मिलको जग्गा बिक्री गर्नबाट रोक्नुपर्ने माग गर्दै गौर राइस मिल बचाउ अभियानले आन्दोलन चर्काइरहेका छन।

गौर नगरपालिकाले राइस मिलको जग्गा बिक्री गर्ने गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै अभियानको नेतृत्वमा एमाले सहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र अन्य व्यक्तिहरू आन्दोलनमा उत्रेका छन्।

Leave a review

This will close in 0 seconds