कलैया : बिगत डेढ महिनाको पर्खाई पछि सोमबार परेको पानीले किसानहरु हर्षित भएका छन्।
पानीले कलैया उपमहानगरपालिकाको ब्रहम्पुरी, सुराही, औधापुर, उतरझिटकैया, श्रीपुर, मझौलिया, दोहरी, बकुलहर , कवलपुर, सखुई,कलैया , रामपुर, बघवन, भवरा, बिशभमरपुर, शितलपुर, देवीगंञ्ज, खपरत्तता, बरेवा, बैरिया, सिसहनिया, पतौरा, पचायनपुर, मटिअर्वा, धर्मनगर , निलकण्ठवा, फुलवरिया, बसतपुर लगायतका स्थानका हजारौ किसान हर्षित भएका हुन।
पानी नपरेका कारण किसानहरु चिन्तित बनेका थिए। धानको रोपाई गर्ने बेलामा बर्षा नभएपछि उनीहरु धेरै खर्च गरेर धानको रोपाई गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १७ का किसान सरोज साहले बताए।
किसानहरु वाटर पम्प, बिधुतिय मोटरको सहयोगले धानको रोपाई गरेको उनले बताए। परेको पानीले धान बालीलाई राहत भएको उनले बताए ।
पानी परेपछि किसानहरुको मुहार हासिलो भएको छ उनले भने। पानीले उखुबाली लगायतका अन्य बालीलाई फाईदा भएको उनले बताए । जिल्लाको धेरै ठाउँका किसानले पानी नपरेका कारण धानको रोपाई गर्न नसकेको उनले बताए।


