Sajhedari Daily
Latest News from Nepal

किसानहरुको सिचाईको समस्या समाधान गर्न चँडै बोरिङ्ग जडान गरिने –नगर प्रमुख यादव

Top Aside Banner

रबिन्द्र प्रसाद साह,/
कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले किसानहरुका सिचाई सुविधाको लागि डिप बोरिङ्ग जडान गरिने बताएका छन ।

उपमहानगरपालिका वडा नम्बर १३ फुलवरिया टोलमा शुक्रवार अवलोकन तथा निरिक्षणका क्रममा नगरप्रमुख यादवले यस्तो वताएका हुन । उक्त वडामा सडक बाटो निर्माणसंगै किसानहरुलाई खेती गर्नको लागि सिचाईको व्यवस्था समेत उपमहानगरपालिकाले गर्ने प्रतिवद्धता जनाएका छन ।

उनले किसानहरुको सिचाई समस्या समाधानको लागि यसै आर्थिक बर्षमा बोरिङ्ग जडानको काम गरिने जनाएका छन । त्यसैगरी उक्त टोलमा रहेका अन्य विभिन्न समस्याहरू जस्तैः बाटोघाटोको समस्या, नालाको समस्या, मठ मन्दिरको संरक्षण तथा खानेपानीको लागि चापाकोल जडान जस्ता अन्य समस्याहरुको बारेमा छलफल गरी यसपालिको बजेट मार्फत समाधान गरिने प्रमुख यादवले जनाएका छन ।

अवलोकन तथा निरिक्षण पश्चात आयोजित छलफलमा स्थानीय शम्भु यादव, रामेश्वर यादव, हरिओम यादव, दिपेन्द्र कुशवाहा, सुरेन्द्र यादब, तुलसी साह कानु , हाकिम मिया, हफिज मियाको सहभागिता रहेको थियो । सो अवसरमा कलैया उपमहानगरपालिकाका इन्जिनियर चन्द्रशेखर कुमार कुशवाहाको पनि उपस्थिती रहेको थियो।