रञ्जन यादब /
जीतपुरसिमरा उपमहाननगरपालिकाको वडा नं.१६ स्थित घरमा लुकाई राखेको ३१ क्युफिट सालको काठ बरामद भएको छ ।
डिभिजन बन कार्यालय बाराका अधिकृत शैलेन्द्र मिश्राको कमाण्डमा गएको नेपाल प्रहरी सहितको टोलीले घरको कम्पाउन्डमा लुकाई राखिएको उक्त काठ बरामद गरेको हो ।
बरामद भएको काठमा दुई थान गोलिया,बलाबलि ४ थान र फेन्टा १४ थान बरामद भएको डिभिजन कार्यालय बाराका प्रमुख (डि एफ ओ) मञ्जुर अहमदले जानकारी दिनुभयो ।
बन कार्यालयले महेन्द्रनगर स्थित डाडा टोलको घरबाट काठ बरामद गरेपनि घर धनी तस्कर अर्जुन आले मगर फरार भएका छन् । उनको खोजि कार्य भईरहेको डि एफ ओ अहमदले बताउँनुभयो ।