Sajhedari Daily
Latest News from Nepal

सिद्धेश्वर माविका दुई शिक्षिकाहरुको विदाई

Top Aside Banner

सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय कलैयामा विहिवार शिक्षिकाहरुको एक कार्यक्रमवीच विदाई गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामाश्रेय साहको अध्यक्षता तथा कलैया उपमहानगरपालिकका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा उक्त विदाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा विद्यालयकी शिक्षिकाहरु अन्जु घिमिरे र कल्पना तुलाधर सम्मान सहित विदाई गरिएको छ । नगरप्रमुख यादवले सम्मान गर्दै विदाई गराएका हुुन ।

उक्त विदाई कार्यक्रमका विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदी, शिक्षक प्रतिनिधि राजकुमार प्रसाद, कलैया उपमहानगरपालिक वडा नम्बर ३ का वडा अध्यक्ष जलाउदिन मंसुर, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विनोदराज गौतम, पुनम देवि राम, चुनिदेवि राम लगायतको उपस्थिति रहेको थियो। उक्त विदाई कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक महेश्वर भण्डारीले गरेका थिए ।