शुक्रवार पनि वीरगञ्जमा डा.केसीको समर्थनमा प्रदर्शन

साझेदारी दैनिक
साझेदारी दैनिक 308 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
अनसनमा रहेका डा. गोबिन्द केसिको समर्थकहरुले शुक्रबार पनि बिरगंजमा बिरोध प्रदर्शन गरिएको छ।
वीरगञ्जमा सचेत नागरिक डा.केसीको अनसनको ऐक्यवद्धता जनाउदै घण्टाघरमा एक घण्टा प्रदर्शन लाई निरन्तरता दिदै धर्ना दिएका हुन ।

डा. केसीले उठाएका विभिन्न माग अङ्कित प्लेकार्ड बोकि केहीबेर नारा समेत लगाएका थिए । डा. केसि एक ब्यक्ती नभएर सिङ्गो नेपाली जनताको प्रतिनिधि एवम अभिभावक हुन र उनको माग सम्पुर्ण नेपाली जनताको आवाज र माग भएकोले केसीको माँग पुरा गरि चाडै उनको जिवन रक्षा गर्न सरकारवसंग माँग गरेका थिए ।

धर्ना तथा प्रदर्शनमा डा. अशोक राज ठाकुर, अधिवक्ता पन्नालाल गुप्ता , बृज किशोर पटेल ,फजिल अहमद, सामाजिक अभियन्ताहरु प्रकाश थारु, बृजेश्वर चौधरी , लालबाबु सिंह , ओमप्रकाश सर्राफ, पन्नालाल साह, श्यामबाबू कलवार, कन्हैया पटेल, दिपक पटेल, सन्जय दास थारु लगायतको सहभागिता रहेका थियो ।

यसैबीच पर्साका चिकित्सकहरुले डा. केसीको अनसनको सर्मथन जनाउदै आकस्मिक बाहेकका अन्य सम्पूर्ण सेवाहरु ठप्प पार्ने चेतावनी दिएका छन् । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जका चिकित्सकहरुले भोलिदेखि आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरु ठप्प पार्ने चेतावनी दिएका हुन् ।

उनीहरुले डाक्टर गोविन्द केसीले उठाएका सम्पूर्ण जायज मुद्दाहरुलाई सरकारसँग यथाशीघ्र सम्बोधन गर्नुपर्ने माग गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जमा आबद्ध साढे ३ सयजना भन्दापनि बढी चिकित्सकहरुले वीरगञ्जमा सञ्चालित सम्पूर्ण नीजि अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय भएको चिकित्सक संघका सदस्य डाक्टर दीपक चौरसियाले जानकारी दिएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review