कलैया :उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले बाराको कलैया उपमहानगरपालिकालाई एक वडाको केही भागका नागरिकहरुको सम्पतिकर तथा सिफारिश समेत नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अस्थायी ईजलाश वीरगञ्जका माननीय न्यायाधिश हरिप्रसाद पौडेल एवम् नेत्रप्रसाद आचार्यको संयुक्त ईजलाशले यस्तो आदेश जारी गरेको हो।
साविक महेशपुर गाविस वडा नम्बर १ बारा जिल्ला महागढीमाई वडा नम्बर १० मा पर्ने गरी संख्या थप हेरफेर र स्तरोन्नति गरी तिनीहरुको नाम संख्या सीमाना तथा वडाको विभाजन गरी वडाको सिमाना कायम गरेको देखिदा साविक महेशपुर गाविस वडा नम्बर १ तथा हाल महागढीमाई वडा नम्बर १० अन्तर्गतको जग्गाको हकमा यस्तो आदेश दिइएको हो।
महागढीमाई नगरपालिका कार्यालय बाराको तर्फबाट अख्तियार प्राप्त व्यक्ति सृजा थापाले कलैया उपमहानगरपालिका विरुद्ध दिएको उजूरीको सन्दर्भमा यस्तो अन्तरिम आदेश आएको हो।

