जितिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठो वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
269 पाठक संख्या

कोल्हवी । धीरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको जितिया बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको छैठो वार्षिक साधारण सभा थारु सेवा सदन कोल्हबीको सभा हलमा बिहिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भुवन चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कोल्हवी नगरपालिका का नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नु भएको हो ।

संस्थाका अध्यक्ष भुवन चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८०-०८१ मा एक करोड छ्यासी लाख एकहतर हजार नै सय एकहतर रुपैया बरावरको कारोवार रहेको अध्यक्ष चौधरीले बताए ।

कार्यक्रमलाइ संबोधन गर्नु हुदै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख चौधरीले जुन प्रयोजनको लागी ऋण लिन्छ त्यही कार्यमा लिएको पैसा लगाउन र लिएको ऋणको ब्याज र किस्ता समयमा चुकता गर्न सबै शेयर सदस्यहरुलाई जानकारी गराउनु हुदै सस्थाको उतरोतर प्रगतिको लागी शुभकामना व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा राजहरण चौधरी,रबिन्द्र पनुहर लगाएतकोले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिका वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,तामागढी वनका अध्यक्ष रबिन्द्र पनुहर,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेत,सशस्त्र बेश प्रहरी बल कोल्हबीका प्रमुख सुरेश घलान,श्री अनुप दीपनी मा बी का प्र अ रामप्रकाश चौधरी,तामागढी हस्पिटल प्रा लि कोल्हबीका संचालक बिवेक थारु,जनशक्ति क्ल्ब कोल्हबीका अध्यक्ष खुशि चौधरी,लगायत सस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा स्वागत मन्तव्य त्रियोगी प्रसाद चौधरीले राख्नु भएको थियोे भने संचालन संस्थाका सचिव रामनाथ चौधरीले गर्नु भएको थियोे।

Leave a review