कोल्हवीमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

साझेदारी दैनिक
519 पाठक संख्या

कोल्हवी,धिरेन्द्र पनुहर : बाराको कोल्हवीमा आयोजित स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशालाको दुई दिने गोष्ठी शनिबार सम्पन्न भएको छ।

कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको पोलिटब्युरो सदस्य अच्युत मैनालीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

कोल्हवी नगरपालिकाको आयोजना तथा तिलगंगा,दिघान्त र शिवम फर्मासिटिकलको सहकार्यमा उक्त कार्यक्रम रोजउड होटेल कोल्हबीको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा पांच वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू आर्थिक वर्ष २०८०/०८१ को आ– आफ्नो पालिकाको स्वास्थ्य सम्बन्धी गतिविधि प्रस्तुत गरेका हुन्।

प्रत्येक पालिकाको अधिकांश समस्याहरु एकनासको थियो। केही पालिकामा कम्प्युटर तथा ल्यापटपको कमि केहिमा स्वास्थ्यकर्मी,केहिमा भवन अव्यवस्थित त केही पालिकामा औषधि। हरेक पालिकाको स्वास्थ्य शाखामा बजेटको कमि भएको टिपोटमा उल्लेख रहेको थियोे ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि समेत रहनुभएका माननीय मैनालीले कार्यशालाको उद्देश्यहरुको बारेमा प्रष्ट पारेका थिए।

गोष्ठीमा बालरोग विशेषज्ञ एम.बि.बि.एस. डा. हरि बास्कोटाको विशेष भूमिका रहेको थियो।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकी उप– प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,१ का अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी र ३ का अध्यक्ष किशुन दयाल चौधरी,५ का नन्दकिशोर चौधरी र ६ का दिनेश चौधरी,कोल्हवी,निजगढ,बारागढी,सिम्रोनगढ र पचरौता स्वस्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

कोल्हवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उप–प्रमुख लक्ष्मी कुमारी चौधरीको थियो।

Leave a review

This will close in 0 seconds